सेञ्चुरी बैंकले बल्ल प्रस्ताव गर्यो लाभांश

0
Shares

सेञ्चुरी कमर्सियल बैंक (CCBL) ले गत आर्थिक बर्ष ०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई चुक्ता पूँजीको ६.७५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

बैंकको माघ २३ गते बसको सञ्चालक समितिको ३०३ औं बैठकले २ प्रतिशत बोनस तथा (कर सहित) ४.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

हाल बैंकको चु्क्ता पूँजी ८ अर्ब ४१ करोड ५४ लाख ७१ हजार ५७६ रुपैंयाँ छ । जस अनुसार बैंकले १६ करोड ८३ लाख ९ हजार ४२३ रुपैयाँ बराबरको बोनस शेयर र ३९ करोड ९७ लाख ३४ हजार ८९९ रुपैयाँ नगद लाभांश वितरण गर्ने जनाएको छ ।

प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृती पश्चात बैंकको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीलाई वितरण गरिनेछ । बोनस पश्चात बैंकको चुक्ता पूँजी ८ अर्ब ५८ करोड ३७ लाख ८१ हजार पुग्नेछ ।

अघिल्लो आर्थिक बर्षमा बैंकले २ प्रतिशत बोनस र ४.५० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।