महालक्ष्मी लाइफको कूल बीमा शुल्क आर्जन १७१ प्रतिशतले बढ्यो

0
Shares

महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष ०७६/०७७ दोस्रो त्रैमासमा गत वर्षको यसै अवधिको भन्दा कूल बीमा शुल्क आर्जन १७१ प्रतिशतले बृद्धि गरेको विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले गत पुसमसान्तसम्म २८ करोड ७२ लाख रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १० करोड ५८ लाख रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको थियो ।

१ अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीले समिक्षा अवधिसम्ममा जगेडा कोषमा ५ करोड ७६ लाख रुपैयाँ संचिती गरेको छ ।

कम्पनीको जगेडा कोष ७७ प्रतिशतले बढेको हो। कम्पनीको जीवन बीमा कोषमा ४२ करोड ३४ लाख रुपैयाँ छ । गत आर्थिक वर्षको सोही अवधिको भन्दा ३६ प्रतिशत अर्थात दश करोड बढी हो।

यस अवधिसम्म कम्पनीले ९ लाख ६६ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। बीमा लेखको संख्या ४ हजार २ सय ९१ बाट ६ हजार ७ सय ६९ पुर्याएको छ ।

यस अवधिसम्म कम्पनीले ५ करोड ५१ लाख रुपैयाँ नाफा गरेर प्रतिशेयर आम्दानी ७ रुपैयाँ ४० पैसा कायम गरेको छ ।