प्रभु इन्स्योरेन्सको १६.३२% लाभांश पारित, चुक्ता पूँजी ५ करोड बढ्यो

0
Shares

प्रभु इन्स्योरेन्स (PRIN) ले गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्न प्रस्ताव गरेको लाभांश माघ २४ गते सम्पन्न २४ औं बार्षिक साधारण सभाले पारित गरेको छ ।

कम्पनी संचालक समितिको ३७८ औं बैठकले चुक्ता पूँजीको ५ प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित ११.३२ प्रतिशत नगद लाभांश गरी कुल १६.३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो।

हाल प्रभुको चुक्ता पूँजी १ अर्ब ५० लाख रुपैयाँ रहेको छ । कम्पनीले ५ करोड २ लाख ५३ हजार ८०० रुपैयाँ बराबरको बोनस शेयर र ११ करोड ३७ लाख ७४ हजार ६०३ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्नेछ। बोनस वितरण पश्चात भने कम्पनीको चुक्ता पूँजी १ अर्ब ५ करोड ५३ लाख २९ हजार पुग्नेछ।

कम्पनीले साधारण सभा प्रयोजनका लागि माघ १० गते शेयर दाखिला खारेज बन्द गरेको थियो । जस अनुसार माघ ९ गते बिहीबारसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् ।