गरिमा विकास बैंकको नाफा ३२ करोड ५५ लाख, जगेडा झनै बलियो

0
Shares

आर्थिक वर्ष ०७६/७७ दोस्रो त्रैमाससम्ममा गरिमा विकास बैंक ( GBBL) ले ३२ करोड ५५ लाख रुपैयाँ नाफा गरेको छ । यो नाफा गत आवको सोही अवधीको तुलनामा १० प्रतिशतले धेरै हो ।

गत आर्थिक वर्षको पुससम्ममा बैंकले २९ करोड ५८ लाख रुपैयाँ नाफा गरेको थियो । ६ महिनाको अवधिमा बैंकको वितरण योग्य नाफा २१ करोड ४७ लाख रुपैयाँ छ । पूँजी वुद्धिको अनुपातमा नाफा नहुँदा बैंकको प्रतिशेयर आम्दानी ६७ पैसाले घटेर २०.०७ रुपैयाँ कायम भएको छ।

चालु आवको पुससम्ममा बैंकमा ३३ अर्ब ७३ करोड रुपैयाँ ग्राहकको निक्षेप रहेको छ भने ३३ अर्ब २१ करोड रुपैयाँ कर्जा प्रबाह गरेको छ । सो अवधीमा बैंकको खुद ब्याज आम्दानी ८० करोड ६२ लाख रुपैयाँ कमाएको छ।

हाल ३ अर्ब २३ करोड ८६ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा ६२ करोड ७४ लाख तथा रिर्टेन अर्निङमा २२ करोड ५४ लाख छ।

चालु आर्थिक वर्षको पुससम्ममा बैंकको आधार ब्याजदर घटेर १०.९५ प्रतिशत कायम भएको छ । बैंकको कोषको लागत पनि घटेर ८.५१ प्रतिशत कायम भएको छ ।

बैंकको खराव कर्जा ०.३९ प्रतिशत छ । बैंकको मूल्य आम्दानी अनुपात ११.२६ गुणा, प्रति शेयर नेटवर्थ १२६ रुपैयाँ ३४ पैसा छ ।