रिडी हाइड्रोपावरको नाफामा १५१ प्रतिशतको फराकिलो सुधार

0
Shares

रिडी हाइड्रोपावर कम्पनी (RHPC) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १५१.६७ प्रतिशतको फराकिलो मुनाफा आर्जन गरेको छ। आइतबार सार्वजनिक वित्तीय विवरण अनुसार कम्पनीले २ करोड १९ लाख ४० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको यसै अवधिमा कम्पनीको नाफा ८७ लाख १७ हजार मात्र थियो।

चुक्ता पूँजी ५३ करोड ११ लाख १८ हजार ४०० रुपैयाँ रहेको कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ८.२६ रुपैयाँ कायम भएको छ। कम्पनीको जगेडा कोष १ करोड ९७ लाखबाट बढेर ५ करोड १४ लाख ९६ हजार रुपैयाँ सञ्चित भएको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १०९.७० रुपैयाँ र मूल्य आम्दानी अनुपात १७.४३ गुणा छ।

समीक्षा अवधिमा कम्पनीले विद्युत बिक्री आम्दानी १ करोड ६० लाख रुपैयाँले बढाएर २ करोड ९३ लाख ३१ हजार कमाएको छ । कम्पनीले सम्पूर्ण खर्च बढेपनि विद्युत बिक्री आम्दानी बढेपछि चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नाफामा सुधार देखिएको हो।