सवारी साधनबाट घुस लिने दुई ट्राफिक प्रहरी अख्तियारको नियन्त्रणमा

0
Shares

सवारी साधानबाट घुस लिने दुई ट्राफिक प्रहरी अख्तियारको नियन्त्रणमा परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिई गएको टोलीले दुबै जनालाई रंगेहा पक्राउ गरेको हो।

अख्यिारको टोलीले अस्थायी प्रहरी पोष्ट, खैरेनी रुपन्देहीमा कार्यरत प्रहरी जवान छबिलाल पोख्रेल र अर्घाखाँची दरबन्दी भई हाल ट्राफिक प्रहरी पोष्ट रामनगर, बुटवल रुपन्देहीमा कार्यरत प्रहरी सहायक निरीक्षक सुर्य बहादुर अधिकारी लाई नियन्त्रणमा लिइएको हो।

दुबैले बिभिन्न बहाना बनाई डर त्रास देखाई टिप्पर गाडी रोकी दुस्ख हैरानी दिने गरेको र टिप्पर आवत जावतमा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग पटक(पटक घुसररिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले निज हरु उपर अनसन्धान प्रकृया अगाडि बढाएको थियो।

छबिलाल पोख्रेललाई सेवाग्राहीबाट तीन हजार घुसररिसवत लिइसकेको अवस्थामा जिल्ला रुपन्देही, देवदह नगरपालिका वडा नं। ०७ स्थित अस्थायी ट्राफिक प्रहरी पोष्टको कार्यालयबाट र सुर्य बहादुर अधिकारीलाई पाँच हजार घुस लिइसकेको अवस्थामा जिल्ला रुपन्देही, बुटवल उप( महानगरपालिका वडा नं। ०८ स्थित ट्राफिक प्रहरी पोष्ट रामनगरबाट पक्राउ गरिएको आयोगले जनाएको छ ।

आयोगले नियन्त्रणमा लिएर दुबै उपर अनुसन्धान प्रकृया अगाडि बढाइएको जनाइएको छ ।