नेपाल इन्स्योरेन्सको दाबी भुक्तानी सुस्त, ६ महिनामा १३ करोड मात्र भुक्तानी

0
Shares

नेपाल इन्स्योरेन्स (NICL) को दाबी भुक्तानी चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा सुस्त देखिएको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १७ करोड २३ लाख गरेको कम्पनीले चालु आवको ६ महिनामा १३ करोड ३१ लाख रुपैयाँ मात्र भुक्तानी गरेको हो।

यस अवधिसम्ममा कम्पनीले २ हजार ४५३ दाबी बापत ८६ करोड ९० लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी छ । गत आवको यसै अवधिमा कम्पनीको दाबी भुक्तानी गर्न बाँकी रकम १ हजार ९२३ वटा दाबी वापत परेको १ अर्ब १३ करोड ४५ लाख रहेको थियो।

सोमबार सार्वजनिक भएको वित्तीय विवरण अनुसार कम्पनीले ८ करोड ७४ लाख ७० हजार रुपैयाँ खुद नाफा कमाएको छ। जुन गत आवको यसै अवधिको तुलनामा १ करोड ४२ लाख १३ हजार अर्थात १९.४१ प्रतिशत अर्थात रुपैयाँले बढी हो।

यस अवधिमा इन्स्योरेन्सको खुद बीमाशुल्क पनि ८ करोड १८ लाख रुपैयाँले बढेको छ । गत आवको दोस्रो त्रैमासमा २४ करोड १ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको यस कम्पनीले हाल ३२ करोड १९ लाख २६ हजार रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ।

कम्पनीले हालसम्म ८६ हजार ८१ बीमालेख जारी गरी ६२ करोड १ लाख ४५ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। जसमध्ये ४ हजार ६८२ वटा बीमालेख नवीकरण भएका छन्।

चुक्ता पूँजी एक अर्ब ९ करोड ५५ लाख रुपैयाँ रहेको नेपाल इन्स्योरेन्सको वार्षिक प्रतिशेयर आम्दानी १५ रुपैयाँ ९६ पैसा छ । कम्पनीको जगेडा कोषमा ३२ करोड २५ लाख रुपैयाँ, बीमा कोषमा ३४ करोड १३ लाख रुपैयाँ सञ्चित छ।

यस्तै पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १६० रुपैयाँ ६० पैसा र मुल्य आम्दानी अनुपात २२.१७ गुणा छ।