समीट लघुवित्तको प्रतिशेयर आम्दानी ३१ रुपैयाँ ७८ पैसा

0
Shares

समीट लघुवित्त (SMFDB) ले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा वार्षिक प्रतिशेयर आम्दानी ३१ रुपैयाँ ७८ पैसा कायम गरेको छ ।

चुक्ता पूँजी २१ करोड रुपैयाँ रहेको लघुवित्तले पुस मसान्तसम्ममा ३ करोड ३३ लाख ७८ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको यसै अवधिमा लघुवित्तले २ करोड ६० लाख ७२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

जगेडा कोष १३ करोड ७९ लाख रुपैयाँ सञ्चित रहेको लघुवित्तको प्रतिशेयर नेटवर्थ १६५ रुपैयाँ र मूल्य आम्दानी अनुपात २०.६४ गुणा छ।
हालसम्म लघुवित्तले ८१ करोड ४ लाख निक्षेप संकलन तथा ५६ करोड १२ लाख रुपैयाँ अन्य बैंक तथा वित्तीय संस्थाबाट सापटी लिएर १ अर्ब ६९ करोड ३५ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।

जसबाट लघुविले १ करोड ७८ लाख ५२ हजार रुपैयाँले खुद ब्याज आम्दानी वृद्धि गरि ८ करोड ९९ लाख ६२ हजार रुपैयाँ आर्जन गरेको छ। लघुवित्तको सञ्चालन ५ करोड २४ लाख रुपैयाँ छ।

सजिलो लघुवित्तसँग एक बराबर एक शेयरको अनुपातमा मर्जर सम्झौता गरेको यस लघुवित्तको खराब कर्जा अनुपात भने १.४६ बिन्दुले बढेको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा यस्तो अनुपात २.८२ प्रतिशत पुगेको छ।

मर्जर सम्झौतापछि समीट र सजिलो दुबैको माघ २३ गतेदेखि नेप्सेमा शेयर कारोबार रोक्का छ।