हिमालयन उर्जा विकास कम्पनी २१ लाख नाफामा

0
Shares

हिमालयन उर्जा विकास कम्पनी (HURJA) ले पुस मसान्तसम्ममा २१ लाख ६० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको दोस्रो त्रैमाससम्ममा कम्पनी ५ लाख १६ हजार रुपैयाँ नोक्सानीमा थियोे।

आम्दानीको मुख्य स्रोत विद्युत बिक्रीको आय उत्पादन नथालेका कारण नभएपनि कम्पनीले अन्य स्रोतबाट ३२ लाख ८० हजार रुपैयाँ आम्दानी गर्दा कम्पनी नाफामा पुगेको हो।

चुक्ता पूँजी ९९ करोड रुपैयाँ रहेको हाइड्रोपावरको वार्षिक प्रतिशेयर आम्दानी ४४ पैसा रहेको छ। जगेडा कोष १ करोड ६ लाख रुपैयाँले ऋणात्मक रहेकाले प्रतिशेयर नेटवर्थ भने ९८ रुपैयाँ ९२ पैसा रहेको छ। हाइड्रोपावरको मूल्य आम्दानी अनुपात २४५.४५ गुणा छ।