भारतीय शेयर बजारमा उच्च अंकको गिरावट

0
Shares

भारत सरकारले बजेट ल्याएको दिन पछिल्लो दश वर्ष यता कै उच्च अंकले घटेको शेयर बजारमा क्रमिक सुधारको गतिमा देखिएको थियो। त्यसको एक सातापछि कारोबार हुने साताको पहिलो दिन सोमबार पनि भारतीय शेयर बजारमा उच्च अंकको गिरावट आएको छ।

गत सातादेखि समान्य सुधारको गतिमा देखिए पनि भारतीय शेयर बजारलाई बजेटले उपयुक्त सम्बोधन गर्न नसकेको भन्दै लगानीकर्ता भने निराश थिए। लगानीकर्तामा छाएको बजेटको निराशा यो साताको शेयर बजारमा देखिन सुरु भएको विश्लेषकहरुको भनाई छ।

बम्बई स्टक एक्सचेञ्ज (विएससी) परिसूचक सेनसेक्स सोमबार १६२ अंकले घटेको छ। त्यसैगरी सोमबार नेशनल स्टक एक्सचेन्ज परिसूचक निफ्टी पनि ६६ अंकले घटेको छ।

सोमबार तीसीएस, भारतीय एयर टेल, बेदान्त लिमिटेड, जेएसडब्लु स्टील, टाटा मोटर्स, जी लिमिटेड, एम एण्ड एम, इन्फ्राटेल, एसबीआई र ओएनजीसीको शेयर मूल्यम गिरावट आएपछि समग्र सूचक नकारात्मक भएको हो।

विएसइको ३० शेयरको सूचक सेन्सेक्स कारोबारको सुरुवातिमा नै घट्न थालेको थियो। सोमबार सेन्सेक्स करिब २५० बिन्दुले तल झरेको थियो। तर, कारोबार बन्द हुने समयमा सेन्सेक्स १६२ अंकले घटेर ४० हजार ९७९ अंकमा झरेको छ।

त्यसैगरी नेशनल स्टक एक्सचेन्जको परिसूचक निफ्टी पनि कारोबारको सूरुवाती देखि नै घटेको थियो। निफ्टीको पनि घट्ने क्रम कारोबारको अन्तिम सम्म कायम रह्यो । सोमबार निफ्टी ६६ अंकले घटेर १२ हजार ०३१ अंकमा झरेको छ।