युनाइटेड मोदीको खुद नाफा साढे ६ करोड माथि

0
Shares

युनाइटेड मोदी हाइड्रोपावर लिमिटेड (UMHL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा गत आवको यसै अवधिको तुलनामा १९.९५ प्रतिशतले खुद नाफा बढाउँदै ६ करोड ६५ लाख ८३ हजार रुपैयाँ आर्जन गरेको छ।

चालु आवको ६ महिनामा कम्पनीले कमाएको यो नाफा १ करोड १० लाख रुपैयाँ बढी हो। गत आवको यसै अवधिमा कम्पनीले ५ करोड ५५ लाख ९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

पुस मसान्तसम्ममा कम्पनीले विद्युत बिक्रीबाट १७ करोड ६१ लाख ४८ हजार रुपैयाँ आम्दानी गरेको छ । गत आवको यसै अवधिको तुलनामा कम्पनीले ७८ लाख रुपैयाँले विद्युत बिक्री आम्दानी बढाएको हो।

चुक्ता पूँजी १ अर्ब १५ करोड रहेको यस हाइड्रोपावरको वार्षिक प्रतिशेयर आम्दानी ११ रुपैयाँ ५८ पैसा कायम भएको छ। कम्पनीको जगेडा कोष ६ करोड ९२ लाखबाट बढेर ७ करोड ८४ लाख रुपैयाँमा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १०६ रुपैयाँ ८३ पैसा छ। हाइड्रोपावरको मूल्य आम्दानी अनुपात ९.४१ गुणा छ।