बैंक अफ काठमाण्डूको व्यवसाय विस्तार हुँदा नाफा २० प्रतिशतले बढ्यो

0
Shares

बैंक अफ काठमाण्डू (BOKL) ले व्यवसाय विस्तार गर्दा आर्थिक वर्ष ०७६/०७७ को दोस्रो त्रैमासिक अवधिमा गत वर्षको यसै अवधिको तुलनामा करिब २० प्रतिशतले नाफा बढाएको छ भने खराब कर्जा घटाएको छ ।

बैंकले पुस मसान्तसम्ममा ८८ करोड ३८ लाख रुपैयाँ खुद नाफा गरेको छ। अघिल्लो पुससम्म बैंकको नाफा ७३ करोड ७५ लाख थियो ।

बैंकको खुद ब्याज आम्दानी तथा सञ्चालन मुनाफा समेत बढेको छ । बैंकको वितरण योग्य नाफा ५९ करोड ८२ लाख रुपैयाँ छ

पुस मसान्तसम्ममा ८९ अर्ब २० करोड रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ७६ अर्ब ८९ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। जसबाट बैंकले एक अर्ब ९३ करोड २७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। खुद ब्याज आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.२५ प्रतिशत धेरै हो।

चुक्ता पूँजी ८ अर्ब ५४ करोड ६८ लाख रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा ४ अर्ब ५१ करोड २७ लाख रुपैयाँ तथा शेयरधनी कोषमा ६० करोड २४ लाख रुपैयाँ जम्मा गरेको छ।

बैंकले २.०८ प्रतिशतको खराब कर्जा १.५४ प्रतिशतमा झारेको छ। बैंकले आधार १०.६ प्रतिशत बाट ९.९९ प्रतिशतमा झारेको छ । बैंकको स्प्रेड भने ४.१६ बाट बढेर ५.०३ प्रतिशतमा पुगेको छ । बैंकको कोषको लागत ७.३६ प्रतिशत रहेको छ।

बैंकको वार्षिक प्रतिशेयर आम्दानी २० रुपैयाँ ६८ पैसा, मूल्य आम्दानी अनुपात ११.१२ गुणा छ।