नेपाल लाइफको बीमा कोषमा साढे ७७ अर्ब, करिब ३७% ले बढ्यो

0
Shares

नेपाल लाइफ इन्स्योरेन्स (NLIC) को जीबन बीमा कोषको आकार ७७ अर्ब ५९ करोड २९ लाख रुपैयाँ पुगेको छ । गत आवको दोस्रो त्रैमासमा ५६ अर्ब ७३ करोड ८३ लाख रुपैयाँ रहेको इन्स्योरेन्सको बीमाकोषको आकार ३६.७६ प्रतिशतले बढेको हो।

जीबन बीमा कम्पनीहरुमध्ये सबैभन्दा धेरै ५ अर्ब ४९ करोड ६१ लाख ६० हजार रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १२.७७ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १५६.२४ रुपैयाँ र मूल्य आम्दानी अनुपात ७८.३१ गुणा छ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले ३५ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। जुन गत आवको यसै अवधिको तुलनामा २५.०९ प्रतिशत अर्थात ७ करोड ४ लाख रुपैयाँ धेरै हो। गत आवको पुस मसान्तसम्ममा २८ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

यो नाफा बीमाङ्कीय मूल्याङ्कन अघिको नाफा हो। जीबन बीमा कम्पनीको वास्तविक नाफा भने एक्चुअरी भ्यालुएसन पश्चात मात्र निर्धारण हुने गर्दछ।

महाविपत्ती कोषको आकार ३६. ७६ प्रतिशतले वृद्धि गरेर ४७ करोड ५७ लाख रुपैयाँ पुर्याएको इन्स्योरेन्स कम्पनीको जगेडा कोष भने २९.९९ प्रतिशत घटेर २ अर्ब ६१ करोड ५५ लाखमा खुम्चिएको छ ।

पुस मसान्तसम्ममा कम्पनीले खुद बीमाशुल्क ३ अर्ब ४३ करोड ५५ लाख रुपैयाँ बढाएर १३ अर्ब ९१ करोड १० लाख रुपैयाँ आर्जन गरेको छ। इन्स्योरेन्सले हालसम्ममा १२ लाख ५८ हजार ५११ वटा बीमालेखबाट १ खर्ब ५ अर्ब ७७ करोड २३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेकोमा चालु आवको ६ महिनामा १४ अर्ब ७ करोड २४ लाख रुपैयाँ संकलन गरेको छ ।

कम्पनीले बीमालेख धितोमा १५ अर्ब ७३ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गरी ७६ करोड ८१ लाख रुपैयाँ आम्दानी गरेको छ। यस्तै ४१ अर्ब ३९ करोड ९८ लाख रुपैयाँ दीर्घकालीन कर्जा तथा लगानी गरेको छ।

इन्स्योरेन्सले २१ हजार ३४७ दाबी बापत ३ अर्ब १९ करोड ६९ लाख रुपैयाँ भुक्तानी गरिसकेको छ भने १ अर्ब २० करोड ८० लाख ४८ हजार रुपैयाँ भुक्तानी गर्न बाँकी छ।

इन्स्योरेन्सको दाबी भुक्तानी गत आवको यसै अवधिको तुलनामा संख्यामा ७ हजार १०१ र रकममा २ अर्ब २२ करोड ७१ लाख कम हो। यस्तै दाबी भुक्तानी बाँकी रकम पनि ५७ करोड ५९ लाख ३३ हजार थोरै छ।