प्रुडेन्सियल इन्स्योरेन्सको ६०% हकप्रद फागुन १८ गतेदेखि बिक्रीमा आउने

0
Shares

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी (PICL) ले चुक्ता पूँजीको ६० प्रतिशत हकप्रद शेयर फागुन १८ गतेदेखि बिक्री गर्ने भएको छ ।

इन्स्योरेन्सले १० बराबर ६ कित्ता शेयर अनुपातमा एक सय रुपैयाँ अंकित दरमा ३८ करोड ४९ लाख रुपैयाँ बराबरको ३८ लाख ४९ हजार १२० कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

कम्पनीको हकप्रदमा फागुन १८ गतेदेखि चैत्र २३ गतेसम्म आवेदन गर्न पाइनेछ । जसको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ।

क्यापिटलको कार्यालय, सि आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था तथा एनएमबि बैंकका अधिकांस शाखा कार्यालय मार्फत आवेदन गर्न पाइनेछ ।

कम्पनीले हकप्रद प्रयोजनका लागि माघ २७ गते बुकक्लोज गरेको थियो । यसअनुसार माघ २६ गते आइतबारसम्म कायम शेयरधनीले मात्र हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्।

हकप्रद पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब २ करोड ६४ लाख ३२ हजार हुनेछ। यससँगै कम्पनीको चुक्ता पूँजी नियामक निकाय बीमा समितिले तोके बमोजिम कायम हुने भएको छ।