मेगामा मिसिन लागेको गण्डकीको ब्याज आम्दानी बढेपनि नाफा घट्यो

0
Shares

मेगा बैंकमा विलिन हुने प्रक्रियामा रहेको गण्डकी विकास बैंक (GDBL) ले आर्थिक वर्ष ०७६/०७७ को दोस्रो त्रैमासमा गत आर्थिक वर्षको यसै अवधिमा भन्दा नाफा घटेको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

बैंकको खुद नाफा ६.६७ प्रतिशतले घटेको छ । गत वर्षको यही अवधिसम्म २६ करोड २५ लाख रुपैयाँ खुद नाफा गरेको बैंकले चालु वर्षको पुससम्म २४ करोड ५० लाख रुपैयाँ खुद नाफा गरेको छ। बैंकको संचालन नाफा समेत घटेको छ।

गत पुस मसान्तसम्म ३१ अर्ब ७८ करोड रुपैयाँ निक्षेप संकलन गरेको बैंकले २६ अर्ब ९९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। जसबाट ६६ करोड १४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ।

२ अर्ब ७५ करोड चुक्ता पूँजी रहेको बैंकको जगेडा तथा शेयरधनीकोषमा गरी ८३ करोड ६१ लाख जम्मा भएको छ । बैंकको खराब कर्जा केही बढेको छ। बैंकको प्रतिशेयर आम्दानी १७.८२ रुपैयाँ, नेटवर्थ १३७.३१ रुपैयाँ, मूल्य आम्दानी अनुपात ११.२८ गुणा छ। बैंकलाई मेगा बैंकले एक्वायर गर्दैछ ।