सांग्रिला डेभलपमेन्ट बैंकले कमायो १९ करोड नाफा, खराब कर्जामा सुधार

0
Shares

सांग्रिला डेभलपमेन्ट बैंक (SADBL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १९ करोड १३ लाख रुपैयाँ खुद नाफा गरेको छ। बैंकको नाफा गत वर्षको यसै अवधिको तुलनामा ३ लाख मात्र बढी हो।

गत वर्ष यही अवधिसम्म बैंकले १९ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। बैंकको ६ महिना अवधिको वितरण योग्य नाफा १३ करोड १५ लाख रुपैयाँ छ।

२३ अर्ब ५२ करोड रुपैयाँ निक्षेप संकलन गरेको बैंकले २१ अर्ब २७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । जसबाट ५४ करोड ५९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ।

चुक्ता पूँजी २ अर्ब ६० करोड रहेको बैंकको रिजर्भक कोषमा ५५ करोड ६ लाख रुपैयाँ छ। बैंकको खराब कर्जा अनुपात ०.५६ प्रतिशतले घटेको छ। गत वर्ष १.२४ प्रतिशत रहेको खराब कर्जा अनुपात समीक्षा अवधिमा घटेर ०.६८ प्रतिशतमा झरेको छ।

बैंकको कस्ट अफ फन्ड ८.३८ प्रतिशत, आधार दर ११.३० प्रतिशत, प्रतिशेयर आम्दानी १४.६८ रुपैयाँ, नेटवर्थ १२६ रुपैयाँ १७ पैसा तथा मूल्य आम्दानी अनुपात ९.८१ गुणा छ।