मेगा बैंकको नाफा ३० प्रतिशतले वृद्धि

0
Shares

मेगा बैंक नेपाल लिमिटेड (MEGA) को खुद मुनाफा गत वर्षको दोस्रो त्रैमासिक अवधिको तुलनामा करिब ३० प्रतिशत मुनाफा वृृद्धि भएको छ ।

बैंकले ९५ करोड रुपैँया खुद मुनाफा आर्जन गरेको हो । चालु आर्थिक बर्ष २०७६/७७ को पहिलो त्रैमासिकमा ४३ करोड ७४ लाख मुनाफा आर्जन गरेको बैंकले दोस्रो त्रैमासिकसम्म आइपुग्दा ९५ करोड २ लाख खुद नाफा कमाएको हो। आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासिक अवधिसम्म बैंकले ७३ करोड २० लाख रुपैँया मुनाफा आर्जन गरेको थियो ।

बैंकको वित्तीय विवरण अनुसार, २०७६ पौष मसान्तमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा बैंकको कूल निक्षेप १४ अर्ब ४१ करोडले वृद्धि भई ८४ अर्ब ६३ करोड रुपैँया पुगेको छ जुन २० प्रतिशत भन्दा बढीको वृद्धि हो । त्यसैगरी, कर्जा तथा सापटी १२ अर्ब १८ करोडले वृद्धि भई ७८ अर्ब ११ करोड कायम भएको छ जुन १८ प्रतिशत भन्दा बढीको वृद्धि हो ।

मेगा बैंकका देशभर १११ शाखा, २९ वटा एक्सटेन्सन काउन्टर, ११४ वटा एटिएम सञ्जाल, ७९ वटा शाखारहित बैंकिङ्ग केन्द्रहरु र २५ सय भन्दा बढी मेगा रेमिट एजेण्ट छन् ।