सेञ्चुरी बैंकको नाफा साढे २५ % ले बढ्यो, अधिकांस सूचकमा सुधार

0
Shares

सेञ्चुरी बैंक (CCBL) ले आर्थिक वर्षको ०७६/०७७ को दोस्रो त्रैमाससम्ममा ६५ करोड २ लाख रुपैयाँ खुद नाफा गरेकोे छ । बैंकको यो नाफा गत आर्थिक बर्षको सोही अवधिको तुलनामा २५.५० प्रतिशतले धेरै हो । गत बर्ष बैंकले ५१ करोड ८१ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

६ महिनाको अवधिमा बैंकको वितरण योग्य नाफा ४२ करोड ३० लाख रुपैयाँ छ । चालु आवको पुससम्ममा बैंकमा ६१ अर्ब २४ करोड रुपैयाँ ग्राहकको निक्षेप रहेको छ भने ५९ अर्ब ५० करोड रुपैयाँ कर्जा प्रबाह गरेको छ ।

यो अवधीमा बैंकको खर्च बढेपनि सञ्चालन आम्दानीमा उच्च सुधार भएको देखिन्छ । सो अवधीमा बैंकको खुद ब्याज आम्दानी १४.०७ प्रतिशतले वढेको छ । त्यसैगरी बैंकको फि तथा कमिसन आम्दानी भने घटेको छ। बैंकले पुस मसान्तसम्ममा १ अर्ब ५२ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको गरेर ९१ करोड ७ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ ।

हाल ८ अर्ब ४१ करोड ५४ लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकको सञ्चित कोषमा १ अर्ब ३८ करोड रुपैयाँ, शेयरधनी कोषमा ८५ करोड ७४ लाख रुपैयाँ र शेयर प्रिमियममा ३ करोड ४३ लाख रुपैयाँ सञ्चय गरेको छ।

चालु आर्थिक वर्षको पुससम्ममा बैंकको आधार ब्याजदर घटेर १०.३५ प्रतिशत कायम भएको छ । गत आर्थिक वर्षको पुससम्ममा बैंकको आधार ब्याजदर ११.५० प्रतिशत थियो । बैंकको कोषको लागत पनि घटेर ७.८६ प्रतिशत कायम भएको छ । यस्तो लागत गत आवको सोही अवधीमा ८.८९ प्रतिशत थियो ।

तर, बैंकको चालु आवको दोस्रो त्रैमासमा खराव कर्जाको अंश भने वढेको छ ।यस अवधिमा बैंकको खराव कर्जा १.६७ प्रतिशत छ । गत आवको पुससम्ममा बैंकको खराब कर्जा ०.८४ प्रतिशत थियो ।

चालु आर्थिक वर्षको पुससम्मको तथ्याङक अनुसार बैंकको प्रतिशेयर आम्दनी १५.४५ रुपैयाँ रहेको छ । गत आवको सोही अवधीमा बैंकको प्रतिशेयर आम्दानी १२.३१ रुपैयाँ थियो । सो अवधीमा बैंकको मूल्य आम्दानी अनुपात ११.५२ गुणा रहेको छ ।