नेशनल लाइफको खुद बीमा शुल्क आर्जन ३ अर्ब ८८ करोड, नाफा बढ्यो

0
Shares

नेशनल लाइफ इन्स्योरेस (NLICL) ले आर्थिक वर्ष ०७६/०७७ को दोस्रो त्रैमाससम्म २३ करोड ५८ लाख ७० हजार रुपैयाँ नाफा कमाएको छ।

इन्स्योरेन्सको नाफा गत वर्षको यसै अवधिको भन्दा ३७.७८ प्रतिशतले धेरै हो । गत वर्षको यसै अवधिमा कम्पनीले १७ करोड ११ लाख ८७ हजार रुपैयाँ नाफा कमाएको थियो ।

नेशनलले यस अवधिमा ३ अर्ब ८८ करोड ७५ लाख खुद बीमा शुल्क आर्जन गरेको छ । यो गत वर्षको भन्दा ३०.२७ प्रतिशतले धेरै हो ।

कम्पनीको जीवन बीमा कोषमा ३० अर्ब १५ करोड ५२ लाख ११ हजार छ । यस्तै जगेडा कोषमा ६९ करोड ६ लाख र महाविपत्ती कोषमा २४ करोड ५ लाख रुपैयाँ राखेको छ।

कम्पनीले पुर्नबीमा कमिशनबाट १ करोड ९० लाख ४८ हजार रुपैयाँ, लगानी कर्जा तथा अन्य आयबाट १ अर्ब १८ करोड ६३ लाख ७१ हजार रुपैयाँ र बीमालेख धितोमा कर्जाबाट १७ करोड २० लाख रुपैयाँ आम्दानी गरेको छ।

कम्पनीको कुल दावी भुक्तानी रकम १ अर्ब ३२ ५७ लाख रुपैयाँ छ भने कुल भुक्तानी हुन दावी रकम २६ करोड ८० लाख ६१ हजार रुपैयाँ छ।

नेशनलको चुक्ता पुँजी ३ अर्ब ८ करोड २६ लाख २६ हजार रुपैयाँ छ । जसको जगेडा कोषमा ६९ करोड ६ लाख ४८ हजार रुपैयाँ छ।

कम्पनीको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ३० पैसा र प्रतिशेयर नेटवर्थ १२२ रुपैयाँ ०४ पैसा रहेको छ।