एनएलजी इन्स्यारेन्सको ६ महिनाको नाफा ८ करोड ८५ लाख

0
Shares

एनएलजी इन्स्योरेन्स (NLG) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ८ करोड ७५ लाख ८८ हजार खुद मुनाफा गरेको छ। गत वर्ष सोही अवधिमा कम्पनीले ८ करोड ४५ लाख ०८ हजार खुद मुनाफा आर्जन गरेको कम्पनीले ३.६४ प्रतिशतले नाफा बढाएको हो।

चुक्ता पुँजी ६४ करोड रुपैयाँ कम्पनीले पुस मसान्तसम्ममा वार्षिक प्रतिशेयर आम्दानी २७.३५ रुपैयाँ रहेको छ । जगेडा कोषमा २४ करोड २१ लाख रुपैयाँ सञ्चित रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ २७८.२१ रुपैयाँ रहेको छ। कम्पनीले महाविपत्ती जगेडा कोषमा ६ करोड ३० लाख रुपैयाँ छुटाएको छ।

वित्तीय प्रतिवेदन अनुसार कम्पनीले ४३ करोड ४२ लाख ४१ हजार रुपैयाँ खुद बीमा शुल्क र ९२ करोड ५० लाख ९० हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ। समीक्षा अवधिमा कम्पनीले खुद बीमा शुल्क २१.२९ प्रतिशत र कूल बीमा शुल्क १०.४८ प्रतिशतले बढाएको हो।

यस अवधिसम्ममा कम्पनीले १ अर्ब ६६ करोड ३४ लाख अल्पकालीन र ५३ करोड ६६ लाख दीर्घकालीन लगानी तथा ४२ लाख १६ हजार अल्पकालीन र ३ करोड ८६ लाख दीर्घकालीन कर्जा लगानी गरेको छ । यसबाट कम्पनीले ३ करोड ४६ लाख ८५ हजार रुपैयाँ आम्दानी गरेको छ ।

आज प्रकाशित वित्तिय विवरणमा कम्पनीले ९२ हजार ५४३ वटा बीमालेख जारी गरेकोमा १३ हजार २२६ वटा बीमालेख नवीकरण गरिएका छन्।

पुस मसान्तसम्ममा कम्पनीले ३ हजार ६७० वटा दाबी बापत ६० करोड ८८ लाख ८४ हजार रुपैयाँ भुक्तानी गरेको छ भने ३ हजार ३३० वटा दाबीमा परेको ६८ करोड ४५ लाख २० हजार भुक्तानी हुन बाँकी रहेको छ ।

हाल चुक्ता पूँजी ६४ करोड रुपैयाँ रहेको इन्स्योरेन्सले ६० प्रतिशत अर्थात १० बराबर ६ को अनुपात ३८ लाख ४२ हजार ४३७।५० कित्ता हकप्रद निष्काशन गर्नका लागि माघ २७ गते सोमबार बुकक्लोज गरिसकेको छ।

हकप्रद शेयर निष्काशन पछि चुक्ता पूँजी एक अर्ब २ करोड रुपैयाँ पुग्नेछ।