हिमालयन बैंकको २२ प्रतिशत लाभांश पारित, संचालक समिति चयन

0
Shares

हिमालयन बैंक (HBL) को सत्ताइसौं वार्षिक साधारण सभाले गत आर्थिक वर्षको प्रस्तावित लाभांश पारित गर्दै नयाँ संचालक समिति चयन गरेको छ ।

बैंकको साधारण सभाले शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर र १२ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

यो बोनस शेयरको वितरण पश्चात बैंकको चुक्ता पूँजी ९ अर्ब ३७ करोड २२ लाख ८१ हजार ४ सय २८ पुग्ने बैंकले जनाएका छ।

उक्त सभामा हिमालयन बैंकको संचालक समितिमा संस्थापक शेयरधनीबाट प्रतिनिधित्व गर्ने ५ जना संचालक पदमा प्रचण्ड बहादुर श्रेष्ठ, फैजल एन ललानी, तुलसी प्रसाद गौतम, सुनिल बहादुर थापा र आशिष शर्मा निर्बिरोध निर्वाचित भएका छन्।