अपि पावरको विद्युत बिक्री आम्दानी २७.०३ प्रतिशत बढ्यो

0
Shares

अपि पावर कम्पनी (API) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा विद्युत बिक्रीको आम्दानी गत आवको यसै अवधिको तुलनामा २७.०३ प्रतिशतले बढेको छ।

गत आवको पुस मसान्तसम्ममा १० करोड ६२ लाख रुपैयाँ आम्दानी गरेको यस कम्पनीको विद्युत बिक्री आय बढेर चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा१३ करोड ५० लाख ३५ हजार रुपैयाँ पुगेको हो।

विद्युत बिक्रीको आम्दानी बढेपनि खर्च बढ्दा कम्पनीको नाफा भने घटेको छ । पुस मसान्तसम्ममा कम्पनीले ४ करोड १४ लाख १५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आवको यसै अवधिसम्ममा कम्पनीले ५ करोड १० लाख ९९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

चुक्ता पूँजी एक अर्ब १९ करोड ७ लाख रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर आम्दानी ६.९६ रुपैयाँ छ । कम्पनीको जगेडा कोषमा सञ्चित रकम बढेर ११ करोड ५६ लाख रुपैयाँ पुगेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १०९.७१ रुपैयाँ र मूल्य आम्दानी अनुपात १७.८३ गुणा छ।