प्रतिकित्ता ५८ रुपैयाँ शेयरमूल्य रहेको हाइड्रोले कमायो एक करोड १४ लाख नाफा

0
Shares

धितोपत्रको दोस्रो बजारमा प्रतिकित्ता शेयरमूल्य ५८ रुपैयाँमा कारोबार भैरहेको युनियन हाइड्रोपावर (UNHPL) ले एक करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

गत आवको यसै अवधिमा ७० लाख ६० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको यस कम्पनीले ४४ लाख ३१ हजारले नाफा बढाएको हो।

चुक्ता पूँजी ७५ करोड रुपैयाँ रहेको कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ३.६० रुपैयाँ रहेको छ । ८ करोड ३५ लाख रुपैयाँले जगेडा कोष ऋणात्मक रहेकाले कम्पनीको प्रतिशेयर नेटवर्थ ८८.८७ रुपैयाँ र मूल्य आम्दानी अनुपात १९.५८ गुणा छ।

युनियन हाइड्रोपावरले ६ महिनामा ४ करोड ३९ लाख २९ हजार रुपैयाँ आम्दानी गरेको छ। जुन गत आवको यसै अवधिको तुलनामा १ करोड ९२ लाख रुपैयाँले धेरै हो।