एनएलजी इन्स्योरेन्सको ६०% हकप्रद फागुन २२ गतेदेखि बिक्रीमा आउने

0
Shares

एनएलजी इन्स्योरेन्स (NLG) ले यही फागुन २२ गतेदेखि ६० प्रतिशत हकप्रद शेयरको बिक्री खुला गर्ने भएको छ । कम्पनीले १० बराबर ६ कित्ता अनुपातमा ३८ लाख ४२ हजार ४३७ दशमलव ५० कित्ता हकप्रद निष्काशन गर्नेछ।

कम्पनीले ६० प्रतिशत हकप्रद निष्काशनका लागि माघ २७ गते सोमबार बुकक्लोज गरेको थियो । यसअनुसार माघ २६ गतेसम्म नेप्सेमा कारोबार भई कम्पनीको शेयर रजिष्ट्रार सिभिल क्यापिटलमा एक साताभित्र कायम हुन आएका लगानीकर्ताले मात्र हकप्रद भर्न पाउनेछन्।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल रहेको छ ।

इन्स्योरेन्सले निष्काशन गर्न लागेको हकप्रदलाई क्रेडिट रेटिङ्ग एजेन्सी इक्रा नेपालले ग्रेड ३ रोटिङ्ग प्रदान गरेको छ ।

एनएलजी इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ८ करोड ७५ लाख ८८ हजार खुद मुनाफा गरेर वार्षिक प्रतिशेयर आम्दानी २७.३५ रुपैयाँ कायम गरेको छ ।

इन्स्योरेन्सको हाल चुक्ता पूँजी ६४ करोड ४ लाख ६ हजार रुपैयाँ रहेको छ । ६० प्रतिशत हकप्रद शेयर निष्काशन पछि इन्स्योरेन्सको चुक्ता पूँजी एक अर्ब २ करोड रुपैयाँ पुग्नेछ ।