सान्जेनको निमार्ण प्रगति सुस्त, घाटा बढ्दै, कहिले बाल्ला बिजुली ?

0
Shares

चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्म आईपुग्दा सान्जेन जदविद्युत कम्पनी (SJCL) को घाटा बढेर झण्डै करोड पुगेको छ । । पुस मसान्तसम्म कम्पनी ९५ लाख ३६ हजार घाटामा पुगेको छ ।

गत आर्थिक बर्षको यसै अवधिमा कम्पनी १८ लाख २१ हजार घाटामा थियो । आयोजनको निमार्ण अवधि लम्बिदै जाँदा घाटा बढ्न पुगेको हो । कम्पनीले १४.८ मेगावाट क्षमताको माथिल्लो सान्जेन र ४२.५ मेगावाट क्षमताको सान्जेन जलविद्युत आयोजना निमार्ण गरिरहेको छ ।

कम्पनीका अनुसार हालसम्म माथिल्लो सान्जेनको ८५ प्रतिशत तथा सान्जेनको ७५ प्रतिशत भौतिक प्रगति भएको वित्तीय विवरणमा उल्लेख छ । कम्पनीका अनुसार माथिल्लो सान्जेनको २०७७ असारसम्म र सान्जेनको आर्थिक बर्ष ०७७र०७८ भित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ । पहिलो त्रैमासको तुलनामा दुवै कम्पनीको निमार्ण प्रगति तीन प्रतिशतले मात्र सुधार भएको देखिन्छ ।

सान्जेनको निमार्ण अवधिको ब्याज बाहेक ५ अर्ब २ करोड र माथिल्लो सान्जेनको २ अर्ब २१ करोड लागत अनुमान गरिएको छ । ब्याज सहित दुई आयोजनाको लागत झण्डै नौ अर्ब पुग्ने देखिन्छ । कम्पनीले सर्वधारणलाई शेयर बेचेर ५४ करोड ७५ लाख रुपैयाँ संकलन गरेको थियो ।

चुक्ता पूँजी ३ अर्ब २८ करोड रुपैयाँ रहेको कम्पनीको ३ अर्ब ५७ कारोड रुपैयाँ दिर्घकालीन ऋण रहेको छ। यस अवधिमा कम्पनीले अन्य स्रोतमार्फत ५० लाख ६८ हजार रुपैयाँ आम्दानी गरेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी ५८ पैसा ऋणात्मक छ। अघिल्लो आवमा उसको प्रतिशेयर आम्दानी १३ पैसा ऋणात्मक थियो। कम्पनीको प्रतिशेयर नेटवर्थ ९७ रुपैयाँ १३ पैसा छ।