‘खाना जे होला स्वाद बढाउन कोकाकोला’ नेपाली खानाहरुको उत्सव मनाउँदै

0
Shares

कोकाकोलाले ५औं कोकाकोला मोमो उत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ ।

यस वर्ष, मोमो उत्सव मःम भन्दा पर अझै विभिन्न परिकारका नेपाली खानाहरुको उत्सव मनाउँदै छ । यो अभियानको ट्यागलाइन ‘खाना जे होला स्वाद बढाउन कोका–कोला’ रहेको छ, जसको अर्थ खाना जे भएपनि कोकाकोलाले त्यसको स्वाद बढाएर कुनै पनि क्षणहरुलाई उत्सवमा परिवर्तन गर्दछ । 

नयाँ टिभीसीले कोक उपभोक्ताहरुलाई खाना खाने समयमा उनीहरुको साथीहरु र परिवारसँग जोड्ने प्रयास गरेको छ । यसले नेपालीहरुलाई आफ्ना प्रियजनहरुसँग कोकको साथ सामान्य भोजनलाई रमाइलो खानामा परिणत गर्न प्रेरित गर्दछ ।

यस क्याम्पेनका बारेमा कोकाकोला नेपालका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले भने, ‘हाम्रो नयाँ क्याम्पेन खाना जे होला स्वाद बढाउन कोकाकोलाले नेपाली संस्कृतिमा खानाको महत्व बुझेर उपभोक्ताहरुलाई मनमा राखेका छौं । नयाँ टिभीसीमा खाना खान भन्दा पनि भोजनलाई कसरी आफ्ना प्रियजनहरुसँग स्मरणीय क्षणमा परिणत गर्न सकिन्छ भनेर देखाइएको छ । यसले सबैलाई जोडेर एकअर्कासँग रमाइलो कुराकानी गर्न लक्षित गरेको छ ।’

कोकाकोला कम्पनीले नेपालका मोःमोःउत्सव पारखीहरुका लागि थुप्रै आश्चर्यहरु तयार पारिसकेको छ । कोकाकोला मोमो उत्सव पर्वको बारेमा सम्पूर्ण जानकारीका लागि कोकाकोला नेपालको आधिकारिक फेसबुक र इन्स्टाग्राम पेजहरु लाइक र फलो गर्नुपर्नेछ ।