नेपालका बैंकहरुलाई साइबर सुरक्षामा सतर्क रहन भारतीय बैंकरको सुझाव

0
Shares

भारतीय स्टेट बैंकका उप प्रबन्ध निर्देशक तथा प्रमुख जोखिम अधिकृत अनिल किशोराले नेपालका बैंकहरुलाई साइबर जोखिम न्यूनीकरणमा सतर्क र सक्रिय रहन सुझाव दिएका छन् ।

नेपालको चार दिने भ्रमणमा आएका किशोराले साइबर जोखिमलाई बैंकिङ क्षेत्रमा उदयमान जोखिमको रुपमा लिदै भारतीय स्टेट बैंकले यसको न्यूनीकरणका लागी अपनाएका उपायहरुका बारेमा जानकारी गराएका दिए।

साथै कार्यक्रममा सहभागी बैकरहरुलाई साइबर जोखिम न्यूनीकरणमा सतर्क र सक्रिय रही काम गर्न सल्लाह समेत दिए ।उनले विगत र वर्तमानमा बैंकिङ क्षेत्रले सामना गरिरहेका जोखिमहरु र जोखिम न्यूनीकरणका लागी विगतमा प्रयोग भएका उपायहरुमा प्रकाश पारेका थिए।

उनीसंग विगत ३७ वर्षदेखि भारतीय स्टेर बैंकको विभिन्न तहका कार्यालयहरुमा काम गरेको बैकिङ क्षेत्रको बृहत अनुभव रहेको छ। 

उनको भ्रमणको क्रममा नेपाल एसबिआई बैंकले काठमाडौंको ¥याडिसन होटेलमा एक अन्तक्र्रिया कार्यक्रमको आयोजना गरेको थियो जसमा अन्य वाणिज्य बैंकहरुका प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख जोखिम अधिकृतहरुको उपस्थिती थियो।