पाँच वर्षमा औषत साढे १५% लाभांश बाँडेको फर्स्ट माइक्रोको शेयरमूल्यमा आकाश जमिनको खाडल

0
Shares

लघुवित्त कम्पनीहरुहरुलाई थोक कर्जा प्रवाह गर्ने फर्स्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड (FMDBL) को विगत पाँच वर्षे लाभांश इतिहास हेर्ने हो भने त्यति धेरै अन्तर पाँइदैन। तर लघुवित्तको शेयरमूल्यमा भने यस बीचमा आकाश जमीनको फरक हुनेगरि घटबढ भएको पाइएको छ ।

लघुवित्तले उपलब्ध गराएको तथ्याङ्क अनुसार यस लघुवित्तले विगत पाँच वर्षमा न्यूनतम १२.६३ देखि अधिकतम १७.८९ प्रतिशतसम्म लाभांश वितरण गरेको देखिन्छ। यस हिसाबले कम्पनीको औसत लाभांशदर १५.५९ प्रतिशत हुन आउने देखिन्छ।

तर शेयरमूल्यका हिसाबले भने कम्पनीको शेयरको उच्चतम दुई हजार रुपैयाँसम्म पुगेको देखिन्छ। लाभांशका हिसाब सबैभन्दा धेरै लाभांश वितरण गरेको गत आव २०७५/७६ मा लघुवित्तको शेयरको भाउ सबैभन्दा कम ३७५ रुपैयाँमा झरेको हो। यसले नेपाली शेयर बजारमा कम्पनीको वित्तीय अवस्था अनुसार शेयरमूल्य निर्धारण नहुने देखाउँछ ।

आव २०७२/७३ को बुलमा लघुवित्तको शेयरको भाउ प्रतिकित्ता २ हजार रुपैयाँसम्म पुगेको देखिन्छ। यद्यपी तथ्याङ्कमा पूँजीवृद्धिका बाबजुत लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानीमा पनि त्यति धेरै अन्तर देखिन्न। आव २०७४/७५ मा सबैभन्दा कम १४.८२ रुपैयाँ प्रतिशेयर आम्दानी रहेको लघुवित्तको आव २०७२/७३ मा सबैभन्दा बढी २०.७१ रुपैयाँ रहेको थियो।

यस अवधिमा लघुवित्तको प्रतिशेयर नेटवर्थ थोरै कमाई भएकै वर्ष आव २०७४/७५ मा सबैभन्दा कम ११४ रुपैयाँसम्म झरेको थियो। अन्य समयमा १३० रुपैयाँ हाराहारीमा कायम रहेको देखिन्छ।