आइएमई जनरल इन्स्योरेन्सको बुकक्लोज तय

0
Shares

आइएमई जनरल इन्स्योरेन्स (IGI) ले फागुन २४ गते शनिबार २२ औं वार्षिक साधारण सभाका लागि बुकक्लोज मिति निर्धारण गरेको छ।  कम्पनी सञ्चालक समितिको फागुन १ गते सम्पन्न ८७ औं बैठकले फागुन १२ गते सोमबारदेखि शेयरधनी दर्ता किताब बन्द गर्ने निर्णय गरेको हो ।

यसअनुसार फागुन ११ गते आइतबारसम्म कायम रहेका लगानीकर्ताले मात्र लाभांश पाउनुका सार्थ साधारण सभामा प्रतिनिधित्व जनाउन सक्नेछन्।

कम्पनीले लाभांश अनुमोदन र संस्थापक हिस्सा घटाउने मुख्य एजेण्डा राखेर फागुन २४ गते शनिबार २२ औं वार्षिक साधारण सभा आह्वान गरेको छ। लैनचौर बैंक्वेट काठमाण्डौंमा बिहान १० बजे साधारण सभा बोलाएको हो ।

साधारण सभाले चुक्ता पूँजी १ अर्ब ६ करोड २ लाख रुपैयाँको ६ प्रतिशत बोनस शेयर जारी गर्ने र बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.३१ प्रतिशत नगद लाभांश अनुमोदन गर्नेछ।

यसैगरि कम्पनीमा हाल रहेको संस्थापक सर्वसाधारण शेयर अनुपात ८०:२० को अनुपातलाई ६०:४० मा झार्ने गरि प्रबन्धपत्र संसोधन गर्ने र आवश्यक संसोधनका लासिग सञ्चालक समितिलाई अख्यिारी प्रदान गर्ने मुख्य एजेण्डा रहेको छ ।

प्रकाशित मिति: ५ फागुन २०७६, सोमबार  १० : २२ बजे