नेप्सेमा १८ लाख २५ हजार कित्ता हकप्रद शेयर सूचीकृत

0
Shares

 नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मल्टीपर्पस फिनान्स कम्पनी लिमिटेडको हकप्रद शेयर सूचीकृत भएको छ । नेप्सेका अनुसार कम्पनीको १८ लाख २५ हजार ६४३ कित्ता हकप्रद शेयर सूचीकृत भएको हो ।

फाइनान्स कम्पनीले गत असार ११ गतेदेखि भदौ ९ गतेसम्म चुक्ता पूँजीको ८६५ प्रतिशतका दरले ३५ लाख ८५ हजार २६४ कित्ता हकप्रद शेयर बिक्रीमा ल्याएको थियो। सो बेला बिक्री भएको शेयर मात्र फाइनान्सले नेप्सेमा सूचीकरण गराएको हो।

हकप्रदमा अवितरित १७ लाख ५९ हजार ६२१ कित्ता शेयर भने अझै सूचीकरण गर्न बाँकी नै रहेको छ।