वोमी लघुवित्तको करिब ४२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

0
Shares

वोमी लघुवित्त वित्तीय संस्था (WOMI) ले ४१ हजार ८४८ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक शेयरधनीहरुका लािग मात्र उक्त परिमाण्को शेयर बिक्री खुला गरेको हो।

संस्थाले मंगलबार एक सूचना प्रकाशित गर्दै संस्थापक सेयरधनीहरुबाट आफ्नो नाममा रहेको उक्त परिमाणको सेयर बिक्रीका लागि निवेदन प्राप्त भएकोले संस्थापक समूहभित्रकै सदस्यहरुका लागि बिक्री खुला गरिएको जनाएको छ ।

शेयर खरिद गर्न इच्छक संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र आवश्यक कागजात प्रमाण संलग्न गरी वित्तीय संस्थाको केन्द्रीय कार्यालय काभ्रेको बनेपा–१४ साँगामा आफूले खरिद गर्ने शेयर कित्ताको मूल्य तथा संख्या खुलाई निवेदन दिन संस्थाले जनाएको छ।

तोकिएको म्यादभित्र हाल कायम संस्थापक शेयरधनीहरुको निवेदन पेस हुन नआएमा प्रचलित नियमानुसार अन्य कम्पनी र व्यक्तिलाई बिक्री गर्न आवश्यक प्रक्रिया बढाइने कम्पनीले जनाएको छ ।