अपर तामाकोशीको शेयर डिम्याट गराउन दोलाखाबासीलाई आग्रह

0
Shares

अपर तामाकोशी हाइड्रोपावर लिमिटेड (UPPER) ले दोलखाका स्थानीयलाई वितरण गरेको शेयर डिम्याट गराउन आग्रह गरेको छ ।

कम्पनीले दोलखाबासीलाई एक करोड ५ लाख ९० हजार कित्ता शेयर बिक्री गरेको थियो । कम्पनीले भौतिक प्रमाणपत्र वितरण गरी नसकेकाले सोझै डिम्याट खातामा शेयर जम्मा गर्ने व्यवस्था मिलाएको जनाएको छ ।

कम्पनीले शेयर डिम्याट खाता नखोलेका शेयरधनीलाई डिम्याट खाता संचालनका लागि सनराइज क्यापिटल वा नजिकको निक्षेप सदस्यकोमा सम्पर्क गर्न आग्रह गरेको छ ।

डिम्याट खाता खोलिसकेका शेयरधनीले डिम्याट खातामा शेयर जम्मा गर्नको लागि पनि क्यापिटलमा सम्पर्क गर्न आग्रह गरेको छ । शेयर डिम्याटका लागि अनलाईन फारम भरी बुझाउन सकिने व्यवस्था गरिएको क्यापिटलले जनाएको छ ।

नेपाल धितोपत्र बोर्डको नियमावली बमोजिम स्थानीयबासीले बाँडफाँट भएको मितिले ३ वर्ष अर्थात २०७८ कातिक १४ गते सम्म शेयर बिक्री गर्न भने पाउने छैनन् ।