जलवायु परिवर्तन विरुद्ध लड्न बेजोसको १० अर्ब डलर आर्थिक सहयोग

0
Shares

विश्वकै सर्वाधिक धनी व्यक्ति जेफ बेजोसले जलवायु परिवर्तन विरुद्ध लड्न १० अर्ब डलरको आर्थिक सहयोग गर्ने बताएका छन्।

बेजोसले आफ्नो इन्स्टाग्राम आईडिमा जलवायु परिवर्तन सम्बन्धी अध्ययन अनुसन्धान गरिरहेका वैज्ञानिकहरुलाई ‘बेजोस अर्थ फन्ड’ बारे घोषणा गर्दै आगामी गर्मीयाममै उक्त रकम दिने बताएका हुन्।

उनले भनेका छन्, पृथ्वीलाई बचाउन ठुल्ठुला कम्पनीहरु, साना संस्था, व्यक्तिगत र सरकार सहितको संयुक्त सहकार्य आवश्यक छ।

अमेजोनका मालिक रहेका रहेका बेजोसको कूल सम्पति १३० अर्ब डलर बराबरको रहेको छ। जसको ८ प्रतिशत रकम उनले सहयोगमा दिने भएका हुन्।

अरु अर्बपतिहरुको तुलनामा बेजोसलाई सीमित सङ्ख्यामा मात्र दानका कामहरु गर्ने व्यक्तिको रुपमा चिनिन्छ। अर्बपति बिल गेट्सले सुरु गरेको नयाँ डोनेसन ट्रेण्डमा सहभागीता नजनाएको भन्दै उनको आलोभना भएको थियो।

प्रकाशित मिति: ७ फागुन २०७६, बुधबार  १६ : ०० बजे