चन्द्रागिरी नगरपालिकाका प्रमुख अधिकृत विरुद्ध भष्ट्राचार मुद्धा

0
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चन्द्रागिरी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत युवराज पौडेललाई एक लाख घुस लिएको आरोपमा भष्ट्राचार मुद्धा दायर गरेको छ ।

पौडेलले चन्द्रागिरी नगरपालिकाको सूचना, संचार तथा प्रसारण गर्ने प्रयोजनका लागि सम्झौता गरी बिनियोजन भएको रकम मध्येबाट घुस माग गरेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियारले पौडेल सहित सवारी चालक संचित दुलाललाई नियन्त्रणमा लिएको थियो।

पौडेलको निर्देशनमा सवारी चालक संचित दुलालले घुस बापतको एक लाख लिईसकेको अवस्थामा अख्तियारले गत माघ १९ गते नियन्त्रणमा लिई अनुसन्धान थालेको थियो ।

अनुसन्धानको सिलसिलामा सूचना, संचार तथा प्रसारणमा बिनियोजन गरेको रकममध्येवाट प्रिमियर डिजिटल मिडिया प्रा.लि ले मासिक १ (एक) पटक कार्यक्रम संचालन गर्ने सम्झौता गरी पहिलो किस्ताबापत २ लाख ५० हजार लिई कार्यक्रम भई रहेको अवस्थामा पौडेलले सेवाग्राहीसँग बार्गे्निङ गरी एक लाख घुस लिएको अख्तियारको अनुसन्धानले देखाएको छ ।

चन्द्रागिरी नगरपालिकाका प्रमुख अधिकृत एक लाख घुस रकम सहित नियन्त्रणमा

पौडेललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को बमोजिम बिगो एक लाख कायम गरी निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम सजाय हुन माग दाबी लिई फागुन ७ गते बुधबार विशेष अदालत, काठमाडौंमा आरोप(पत्र दायर गरिएको हो ।

प्रकाशित मिति: ७ फागुन २०७६, बुधबार  १६ : ३८ बजे