भारतीय शेयर बजारमा उछाल

0
Shares

भारतीय शेयर बजारको गिरवाट बुधबार रोकिएको छ। भारतीय शेयर बजारमा गिरावट रोएिकसँगै उच्च अंक (सेन्सेक्स ४२९) को सुधार आएको हो।

भारतीय शेयर बजारमा कारोबार हुने बुधबार तेस्रो दिन बुधबार बम्बई स्टक एक्सचेञ्ज (विएसई) सेन्सेक्स र नेशनल स्टक एक्सचेञ्ज परिसूचक निफ्टी उच्च अंकले बढेका हुन्।

यो साताको सुरुवाती देखि गिरावटको क्रममा रहेको भारतीय शेयर बजार बुधबार उच्च गतीले बढेको हो। अर्थमन्त्री निर्मला सितारामणले सुस्त अर्थतन्त्रका लागि उपयुक्त सम्बोधन गर्ने भन्दै २०० भन्दा धेरै उद्योगी व्यवसायीसँग छलफल गरेको सन्देशले शेयर बजारमा सुधार आएको हो।

अर्थमन्त्रीले भारतीय अर्थतन्त्रलाई चलायमान बनाउन कोरोना भाइसरका कारण प्रभावित नहुने उनले बताएपछि शेयर लगानीकर्ता सकारात्मक भएको देखिन्छ। उनले कोरोना भाइरका कारण हुने सक्ने नोक्सानीको विषयमा पूर्वतयारी पूरा गरिसकेको हुनाले अर्थतन्त्रमा ठूलो असर नपुग्ने बताइन्।

बुधबार बम्बै स्टक एक्सचेञ्ज (विएसइ) परिसूचक सेन्सेक्स ४२९ अंकले बढेको छ भने त्यसैगरी नेशनल स्टक एक्सचेन्ज परिसुचक निफ्टी १३८ अंकले बढेको छ। मंगलबार भारतीय सेयर बजार परिसूचक सेन्सेक्स १६१ अंक सम्मले घटेको थियो भने नेशनल स्टक एक्सचेन्ज परिसुचक निफ्टी ५३ अंकले घटेको थियो।

बुधबार कारोबार बन्द हुँदा सेन्सेन्स ४२८.६२ अंकले बढेर ४१ हजार ३२३ अंकमा पुगेको छ भने निफ्टी १३३ अंकले बढेर १२ हजार १२५ दशमलव ९० अंकमा झरेको छ। बुधबार निफ्टी तथा सेन्सेक्समा सूचीकृत अधिकाशं कम्पनीको शेयर मूल्यमा सुधार आएको छ।