महालक्ष्मी लाईफ र टेस्ला डाइग्नोष्टिक बीच सम्झौता

0
Shares

महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड र टेस्ला डाइग्नोष्टिक क्लिनिक प्रा।लि। बालुवाटार बीच उक्त क्लिनिकको सेवा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ।

कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत श्री कमल पन्थी र टेस्ला डाइग्नोष्टिक क्लिनिक प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत रिंकु श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरेका छन्।

सम्झौता अनुरुप ल्याब तथा डाइग्नोष्टिक सेवामा बीमितले १० प्रतिशत र कर्मचारीले १२ प्रतिशत तथा फार्मेसीमा ५ देखि १२ प्रतिशत सम्म छुट पाउने इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठले जानकारी दिए।

सम्झौताबाट इन्स्योरेन्सका बीमित तथा कर्मचारीले सुलभ दरमा गुणस्तरिय ल्याब तथा डाइग्नोष्टिक सेवा प्राप्त गर्ने विश्वास लिइएको छ।