सेवाग्राहीसँग घुस लिने दुई विरुद्ध अख्तियारद्धारा आरोपपत्र दायर

0
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिने दुई जना उपर बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।  आयोगले घ्याङलेख गाउँपालिका सिन्धुलीका इञ्जिनीयर दिलीपकुमार साह र इलाका प्रहरी कार्यालय सुखीपुर सिरहामा कार्यरत प्रहरी जवान राजकुमार यादवविरुद्ध मुद्धा दायर गरेको जनाएको हो।

आयोगले बिजुलीको ट्रान्सफर्मर जडानपछि भुक्तानी दिने क्रममा सेवाग्रहीसँग घुस लिएको आरोपमा घ्याङलेख गाउँपालिका सिन्धुलीका इञ्जिनीयर दिलीपकुमार साहविरुद्ध पनि आरोपपत्र दायर गरेको छ ।

गाउँपालिकको विभिन्न वडामा ‘हाइटेन्सन’ र स्थानीय लाइन तथा ट्रान्सर्फमर जडान सम्पन्न भई अन्तिम कार्यसम्पन्न प्रतिवेदन तयार गर्ने क्रममा निजले सेवाग्राहीसँग दुई लाख ३० हजार घुस लिएको पुष्टि भएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

यसैगरी आयोगले भारतीय सीमावर्ती क्षेत्रबाट नून, तेल र चिनी लगायत समान ल्याउने क्रममा सेवाग्राहीसँग पाँच हजार घुस लिएको आरोपमा इलाका प्रहरी कार्यालय सुखीपुर सिरहामा कार्यरत प्रहरी जवान राजकुमार यादवविरुद्ध पनि मुद्दा दायर गरेको हो।

आगोगले बुधबारै विज्ञापन प्रसारण गरेको भुक्तानी दिने क्रममा सेवाग्राहीसँग एक लाख घुस लिएको आरोपमा चन्द्रागिरि नगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत युवराज पौडेलविरुद्ध पनि मुद्धा दायर गरेको थियो।

प्रकाशित मिति: ८ फागुन २०७६, बिहीबार  ०९ : ४० बजे