देवः विकास बैंकको संस्थापक शेयर साधारणमा रुपान्तरण

0
Shares

देवः विकास बैंक (DBBL) को संस्थापक शेयर साधारण शेयरमा रुपान्तरण भएको छ । बैंकको १ लाख ८५ हजार १९३ कित्ता संस्थापक शेयर साधारणमा रुपान्तरण भएको हो।

बैंकले आफ्नो संस्थापक हिस्सा घटाएर सर्वसाधारणमा रुपान्तरण गरि दोस्रो बजारमा उक्त शेयर साधारण शेयर सरह नै कारोबार गर्न मिल्ने गरी फागुन ७ गते बिहीबार नेप्सेमा सूचीकृत गराएको हो।

शेयर रुपान्तरणसँगै देवः विकास बैंकमा संस्थापकको शेयर हिस्सा ५१.५० प्रतिशत र सर्वसाधारणको ४८.५० प्रतिशत कायम भएको छ। बैंकको चुक्ता पूँजी तीन अर्ब १७ करोड ७१ लाख रुपैयाँ रहेको छ।

बैंक कुमारी बैंकसँग विलय हुने प्रकृयामा रहेको छ । जसका कारण बैंकको नेप्सेमा बैंकको शेयर कारोबार भने रोक्का छ। बिहीबार नै प्रभु बैंकले पनि ५५:४५ प्रतिशत रहेको संस्थापक साधारण शेयर अनुपात घटाएर ५१:४९ कायम गर्दै ४१ लाख २६ हजार २०६ दशमलव १३ कित्ता संस्थापक शेयर पनि साधारण शेयरमा रुपान्तरण गरेको छ।