गरिबीको रेखामुनि रहेका १६ लाख परिवारको निःशुल्क बीमा गर्ने अर्थमन्त्रीको घोषणा

0
Shares

अर्थमन्त्री डा. युवराज खतिवडाले बीमा योजनामा आधारित समाजिक सुरक्षामा जनतालाई समेट्न सकिएमा सबैखाले सामाजिक सुरक्षा योजना सफल हुने बताएका छन्।

राष्ट्रिय बीमा संस्थाले ५३ औँ वार्षिकोत्सववार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै । अर्थमन्त्री खतिवडाले भने, “सामाजिक सुरक्षा नागरिकको मौलिक हक हो भनिएको छ, बीमा योजना योगदानमा आधारित सामाजिक सुरक्षा हो, यसमा बढीभन्दा बढी नागरिकलाई ल्याउन सकियो भने सबैलाई सामाजिक सुरक्षा भनेर घोषणा गरिएको सर्वव्यापी लक्ष्य र अवधारणा पूरा हुन्छ ।”

अर्थमन्त्री खतिवडाले भने, “अहिले मुलुकमा कूल जनसङ्ख्याको २२ प्रतिशतमा जीवन बीमा पुगिसकेको छ । बीमाको दायरा अझै बढाउन नागरिकको पहुँच विस्तार गर्नुपर्छ, जसको पहुँच वित्तीयरुपमा पुग्दैन उसलाई सरकारले सहयोग गर्छ, निरपेक्ष गरिबीको रेखामुनि चरम गरिबीमा रहेकालाई बीमाको प्रिमियम तिर्न पैसा पुग्दैन भने त्यसलाई सरकारले सहयोग गर्छ ।

चरम गरिबीमा रहेका परिवारको सङ्ख्या करिब १६ लाख ५० रहेको जानकारी दिँदै उनले सरकारले अहिले एक परिवारले तीन हजार ५०० मा वार्षिक एक लाखबराबरको सुविधा प्राप्त गर्ने गरी व्यवस्था मिलाइएकामा त्यो सुविधा गरिबीको रेखामुनि रहेकालाई निःशुल्क गर्ने तयारी रहेको घोषणा गरे । “त्यो निःशुल्क गरेपछि एकैपटक १६ लाखभन्दा बढी परिवारका ७०/७५ लाख व्यक्ति बीमाको दायरामा आउनुहुन्छ, हामीले अघि बढाएको बीमाबाट पनि गरिबी निवारणमा योगदान पुग्नेछ, बीमा संस्थानबाट क्षतिपूर्तिको छिटो भुक्तानी भएका कार्यक्रम विस्तार हुन सहयोग पुग्नेछ”, अर्थमन्त्री खतिवडाले भने ।

‘‘ठूला र धनी वर्गलाई मात्र हेर्ने होइन, सानालाई बेवास्ता गर्दा सरकारले अघि बढाएको बीमा विस्तारमा सहयोग पुग्दैन, बीमा विस्तार हुँदैन, पुरानो संस्थानलाई नयाँ ढाँचामा चलाउन प्रयास गरौँ,’’उनले भने । अध्यक्ष गङ्गाराम कँडेलले बीमा क्षेत्रमा विश्वसनीय संस्थाका रुपमा प्राप्त गरिरहेको छविलाई थप प्रभावकारी तुल्याउन संस्थालाई प्रविधिमैत्री र समयसापेक्ष तुल्याउन भइरहेका प्रयासबारे जानकारी दिए ।