सूर्या लाइफको ५५ हजार कित्ता संस्थापक शेयरको लिलामी बन्द हुँदै

0
Shares

एनआईसी एशिया बैंकले लिलामीमा राखेको सूर्या लाइफ इन्स्योरेन्सको ५५ हजार कित्ता संस्थापक शेयरमा आवेदन गर्ने आज अन्तिम दिन हो।
बैंकले फागुन ५ गतेदेखि न्यूनतम मूल्य २५० रुपैयाँ तोकेर शेयर लिलामीमा निकालेको थियो ।

शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले २५० रुपैयाँ वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ। लगानीकर्ताहरुले १० ले भाग जाने गरी अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन्।

बोलपत्र एनआईसी एशिया क्यापिटल बबरमहल, एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालय थापाथली र कमलादी तथा शाखा कार्यालयहरु विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल, घनगढी, र सुर्खेतबाट पेश गर्न सकिनेछ। बोलपत्र पेश गर्ने अन्तिम दिन फागुन १३ गते मंगलबारसम्म रहेको छ।

सूर्या लाइफ इन्स्योरेन्सको संस्थापक शेयर अन्तिम पटक १५६ रुपैयाँमा कारोबार भएको छ । बैंकले आह्वान गरेको न्यूनतम मूल्य पछिल्लो समय कारोबार भएको मूल्यको हिसाबले ९४ रुपैयाँ बढी हो।

कम्पनीको साधारण शेयर फागुन १२ गते प्रतिकित्ता ५१० रुपैयाँमा कारोबार भएको छ ।