गुराँस लाइफ इन्स्योरेन्सले तोक्यो हकप्रद निष्काशनका लागि बुकक्लोज

0
Shares

गुराँस लाइफ इन्स्योरेन्स (GLICL) ले १ बराबर १ अनुपातमा हकप्रद निष्काशनका लागि शेयर दाखिल खारेजी मिति तोकेको छ ।

इन्स्योरेन्स सञ्चालक समितिको फागुन १२ गते सोमबार सम्पन्न १५६ औं बैठकले यहि फागुन २२ गते बिहीबार बुकक्लोज गर्ने निर्णय गरेको हो। यसअनुसार कम्पनीको हकप्रद फागुन २१ गते बुधबारसम्म शेयर खरीद गरि कायम रहेका लगानीकर्ताले मात्र पाउनेछन्।

इन्स्योरेन्स कम्पनीले बीमा समितिले तोकेको न्यूनतम २ अर्ब रुपैयाँ चुक्ता पूँजी कायम गर्न एनएमबि क्यापिटलको बिक्री प्रबन्धकत्वमा ९३ लाख ८५ हजार २०० कित्ता हकप्रद शेयर बिक्री गर्न लागेको हो ।

इन्स्योरेन्स हकप्रदलाई क्रेडिट रेटिङ्ग कम्पनी इक्रा नेपालले ‘ग्रेड ४’ रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय अवस्था औसत भन्दा कम आधार जनाउँछ।

हाल ९२ करोड ९४ लाख ६२ हजार ९०० रुपैयाँ चुक्ता पूँजी रहेको गुराँस लाइफको हकप्रद पछि १ अर्ब ८६ करोड ७९ लाख ८२ हजार ९०० रुपैयाँ पुग्नेछ ।

फागुन १२ गते सोमबार धितोपत्रको दोस्रो बजारमा कम्पनीको शेयर प्रतिकित्ता ८५० रुपैयाँमा कारोबार भएको छ।