ङादी ग्रुप पावरको लाभांश सुरक्षित गर्ने बुधबार अन्तिम दिन

0
Shares

ङादी ग्रुप पावरको १० प्रतिशत नगद लाभांश सुरक्षित गर्ने फागुन १४ गते बुधबार अन्तिम दिन रहेको छ ।

कम्पनीले प्रस्तावित लाभांश सहित अन्य विभिन्न प्रस्ताव पारित गर्न फागुन २७ गते छैठौं वार्षिक साधारण सभा बोलाएको छ । अमृतभोग क्याटरर्स, कालिका स्थानमा बिहान १० बजे कम्पनीले सभा बोलाएको हो।

साधारण सभाले कम्पनी सञ्चालक समितिले प्रस्ताव गरेको चुक्ता पूँजी ५३ करोड ५५ लाख रुपैयाँको १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ।

साधारण सभाका लागि फागुन १५ गते शेयर खाखिर खारेजी मिति तोकिएको छ । यसअनुसार फागुन १४ गते बुधबारसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र लाभांश पाउनेछन्।

मंगलबार यस कम्पनीको अन्तिम शेयरमूल्य १४५ रुपैयाँ कायम भएको छ । यस दिन ३ रुपैयाँ ले कम्पनीको शेयरमूल्य बढेको हो ।