नेपाल उद्योग परिसङ्घको वरिष्ठ उपाध्यक्षमा अग्रवाल

0
Shares

नेपाल उद्योग परिसङ्घको वरिष्ठ उपाध्यक्षमा विष्णुकुमार अग्रवाल मनोनित भएका छन्। परिसङ्घको गभर्निङ काउन्सिल र पदाधिकारी समितिको बैठकले उनलाई वरिष्ठ उपाध्यक्षमा मनोनित गरेको हो।

यसअघि उनी परिसङ्घको उपाध्यक्ष थिए। उनले परिसङ्घमा डेढ दशकदेखि राष्ट्रिय परिषद् सदस्यका साथै विभिन्न समितिको संयोजक भएर काम गर्दै आइरहेका छन्।

प्रकाशित मिति: १५ फागुन २०७६, बिहीबार  ०८ : ५७ बजे