प्रुडेन्सियल इन्स्योरेन्सको हकप्रद बिक्री खुल्यो

0
Shares

प्रुडेन्सियल इन्स्योरेन्स (PICL) को ६० प्रतिशत हकप्रद शेयरमा फागुन १८ गते (आज) बाट आवेदन खुला भएको छ। इन्स्योरेन्स कम्पनीले बीमा समितिले तोकेको न्यूनतम चुक्ता पूँजी कायम गर्न एनएमबि क्यापिटलको बिक्री प्रबन्धकत्वमा १० बराबर ६ कित्ता अनुपातमा कूल ३८ लाख ४९ हजार १२० कित्ता हकप्रद शेयर बिक्री खुला गरेको हो।

हकप्रद निष्काशनका लागि कम्पनीले माघ २७ बुकक्लोज गरेकाले यस हकप्रदमा माघ २६ गतेसम्म कायम शेयरधनीले मात्र आवेदन दिन सक्नेछन्। हकप्रदमा आवेदन दिन अन्तिम दिन चैत २३ गते रहेको छ ।

हकप्रदमा धितोपत्र बोर्डबाट सी–आस्वा सदस्यता लिएका बैंक तथा वित्तीय संस्थाहरुबाट हकप्रद भर्न पाइनेछ। यसैगरि एनएमबि क्यापिटल नागपोखरी, काठमाडौं, एनएमबि बैंकका तोकिएका शाखा, गुडविल फाइनान्सको हात्तिसार, डिल्लीबजार, इन्द्रचोक, काठमाडौं, कुमारीपाटी, ललितपुर र सेन्ट्रल फाइनान्सको कुपन्डोल र चाबहिल शाखाबाटपनि आवेदन दिन सकिनेछ ।

इन्स्योरेन्सको हकप्रदलाई क्रेडिट रेटिङ्ग कम्पनी इक्रा नेपालले ‘इक्रा आइपीओ ग्रेड ४’ रेटिङ्ग प्रदान गरेको छ। ‘ ग्रेड ४’ रेटिङ्गले कम्पनीको वित्तीय अवस्था औसत भन्दा कम आधार रहेको जनाउँछ।

हाल ६४ करोड १५ लाख २० हजार रुपैयाँ चुक्ता पूँजी रहेको प्रुडेन्सियल इन्स्योरेन्सको हकप्रद निष्काशनपछि १ अर्ब २ करोड ६४ लाख ३२ हजार रुपैयाँ पुग्नेछ ।

फागुन १५ गते बिहीबार धितोपत्र बजारमा कम्पनीको शेयर प्रतिकित्ता ५५८ रुपैयाँमा कारोबार भएको छ।