नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयक सहितको प्रतिनिधि सभा बैठक लाइभ

0
Shares

फागुन १८ गते संघीय संसद अन्तर्गत नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयक, २०७५ सहित विभिन्न प्रस्ताव उपर छलफल गर्ने एजेण्डा रहेका छन्।

आजकै बैठकमा सांसद विन्दा पाण्डेले ‘बोक्सा–बोक्सी, दाइजो लगायतका कुरिती तथा एसिड प्रहार जस्ता आपराधिक कार्य देशमा विद्यमान रहेको अवस्थामा यस्ता अमानवीय, असंवेदनशील र अमर्यादित प्रथा प्रचलन कुरिती र विकृतिको अन्त्यका लागि कानुनी कारवाही गर्न तथा यस सम्बन्धमा विशेष अभियान सञ्चालन गर्न आवश्यक भएकोले” भन्ने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गरिसकेकी छिन्।

यसमा छलफल भैरहेको छ।

सम्माननीय सभामुखले “संघ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक, २०७६ माथि विचार गरियोस्” भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नुहुने र अर्थ एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले ः– (क) “नेपाल राष्ट्र बैङ्क (तेस्रो संशोधन) विधेयक, २०७६ माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुने । (ख) “धितोपत्र सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७६ माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुने । (ग) “सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्” भनी प्रस्ताव प्रस्तुत गर्नेछन्। (घ) “बैङ्क तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७६ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्” भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।

यस्तै भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकास मन्त्री श्री वसन्त कुमार नेम्वाङ्गले राष्ट्रिय सभामा उत्पत्ति भएको “नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक, २०७६ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्” भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।

यसैगरि अर्थ एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले:– (क) “अर्थ समितिको प्रतिवेदन सहितको नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयक, २०७५ माथि छलफल गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुने । (ख) “नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयक, २०७६ लाई पारित गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।

 

प्रकाशित मिति: १८ फागुन २०७६, आइतबार  १३ : ४३ बजे