नागरिक लगानी कोष र सूर्या लाइफको शेयर बिक्री गर्दै एनआईसी एशिया

0
Shares

एनआईसी एशिया बैंक (NICA) ले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोष र सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर बोलकबोलको माध्यमबाट बिक्रीमा राखेको छ ।

बैंकले दुई संस्थामा रहेको २ लाख ७ हजार ४२३ कित्ता संस्थापक शेयर बिक्री गर्न लागेको हो ।

बैंकले नागरिक लगानी कोषमा रहेको १ लाख ६६ हजार ०३२ र सूर्या लाइफको ४१ हजार ४०० कित्ता शेयर बिक्रीका लागि सूचना जारी गरेको छ ।

कोषको शेयरको न्युनतम मूल्य २ हजार र सूर्या लाइफको २७५ रुपैयाँ तोकिएको छ । उक्त शेयर खरिदका लागि फागुन २९ गतसम्मे बोलपत्र पेश गर्नुपर्ने एनआईसी एशिया क्यापिटलले जनाएको छ।

बैंकले यसअघि सूर्या लाइफमा रहेको ५५ हजार कित्ता संस्थापक सेयर बिक्रीका लागि प्रस्ताव आब्हान गर्दा सबै खरिद नभएपछि पुनः प्रस्ताव गरेको हो ।