सामसुङ ग्यालेक्सी एस २० र एस २० प्लस स्मार्टफोन सार्वजनिक, ६४ मेगा मेगापिक्सल क्यामरा

0
Shares

सामसुङ नेपालले सोमबार एक कार्यक्रमकाबीच आफ्ना दुई नयाँ सिरिज ग्यालेक्सी एस २० र एस २० प्लस स्मार्टफोन सोमबार नेपाली बजारमा सार्वजनिक गरेको छ।

एक लाख रुपैयाँभन्दा धेरै मूल्यका दुबै सिरिजका स्मार्टफोन फागुन ३० देखि नेपालमा उपलब्ध हुने कम्पनीले जनाएको छ। कम्पनीले प्री अर्डर गर्ने प्रयोगकर्ताको लागि भने बजारमा आउनुअघि नै उपलब्ध गराउने बताएको छ।

सामसङको यो फ्ल्यागसिप डिभाइसमा पुराना सिरिजभन्दा यो फ्ल्यागसिप डिभाइसमा केही परिवर्तन सहित उपलब्ध गराएको छ। ६४ मेगापिक्सलको क्यामेरा रहेको यो सिरिजमा सुपर जुम ३०-एक्स अप्टिकल जुम अर्थात ३० टाइम्स जुमिङ सुविधा छ, जसले टाढाको दृष्यलाई समेत सहज तरिकाले कैद गर्न सहज हुनेछ।

सामसुङ मोबाइलका व्यवसाय प्रमुख प्रणय रत्न स्थापितका अनुसार,‘सामसङ ग्यालेक्सी एस २० सीरिजले भिडियोग्राफी र फोटोग्राफीलाई नयाँ ढंगले प्रस्तुत गरेको छ। यस फ्ल्यागसिप डिभाइसमा रहेको सेन्सर र प्रविधिले भिडियो र फोटो खिच्न झन् सजिलो बनाएको छ,’।

ग्यालेक्सी एस २० को बजार मूल्य १ लाख ७ हजार ४९९ रुपैयाँ तथा एस २० प्लसको बजार मूल्य १ लाख १९ हजार ४९९ रुपैयाँ रहेको छ। कम्पनीले मोबाइल खरीदमा बीमाको सुविधा समेत दिएको छ।

दुबै स्मार्टफोनबाट ८ के सम्मको भिडियो खिच्न सकिने छ भने ३० एक्स सम्म जुम गर्न मिल्ने सुविधा छ।