कोरोना भाइरसको कारणले प्रभावित उद्योगलाई पुनरकर्जा सुविधा

0
Shares

नेपाल राष्ट्र बैंकले कोरोना भाइरसको संक्रमणको कारणबाट असर पर्नसक्ने सम्भावित क्षेत्रहरुको पहिचान गरी पुनरकर्जा सुविधा सुविधा उपलब्ध गराउने भएको छ ।

चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा केन्द्रीय बैंकले यस्तो व्यवस्था गर्ने जनाएको छ।

बैंकले यस्ता क्षेत्रहरुमा प्रवाह भएको कर्जामा पुनरसंरचना तथा पुनरतालिकीकरणको व्यवस्था गर्ने भएको छ । साथै यस्ता क्षेत्रहरुमा प्रवाह हुने कर्जामा आवश्यकता अनुसार पुनरावलोकन गरिने जनाएको छ ।