राजीनामा दिएको २४ घण्टा नपुग्दै डा. खतिवडा अर्थमन्त्रीमा पुनः नियुक्त

0
Shares

अथर्मन्त्रीबाट राजीनामा दिएको २४ घण्टा नपुग्दै डा.युवराज खतिवडा अर्थमन्त्रीमा पुनः नियुक्त भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार खतिवडालाई अर्थमन्त्रीमा नियुक्त गरेका हन् ।

राष्ट्रियसभाको आफ्नो कार्यकाल सकिएलगत्तै खतिवडाले मंगलबार अर्थमन्त्रीबाट राजीनामा दिएका थिए । उनको राजीनामा मंगलबार नै स्वीकृत भएको थियो । राजीनामा दिएको भोलिपल्टै खतिवडा पुन: अर्थमन्त्रीमा नियुक्त भएका हुन् ।

खतिवडाले आजै अपरान्ह ४ बजे राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको सपथग्रहण गर्ने राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: २१ फागुन २०७६, बुधबार  १० : ३३ बजे