शेयर बजार परिसूचक नेप्से कारोबारको दुई घण्टा अवधिमा नै ५० अंक बढीले तल झरेको छ। निरन्तर उकालो लागेको नेप्सेमा सोमबार कारोबार समयअघि नै नकारात्मक सर्किट लागेर बन्द भएकोमा मंगलबार पुन: सुधार भएको थियो।
कारोबारको दुई घण्टामा नेप्से परिसूचक १ हजार ४६० बिन्दुमा झरेको छ । यस अवधिसम्ममा १७१ कम्पनीको १ अर्ब १० करोडको कारोबार भएको छ । लघुवित्त र बीमा उपमूहमा उच्च गिरावट देखिएको छ भने बैंकिङ्ग पनि ओरालो लागेको छ ।
नेपाल लाईफको सबैभन्दा धेरै ९ करोड रुपैयाँ कारोबार भएको छ । एनएमबि बैंक, हिमालयन डिष्टलरी, एनआईसी एशिया र गुँरास लाईफको पनि उच्च कारोबार भएको छ।
छ्याङ्दी हाईड्रोपावर, जानकी फाइनान्स, मल्टिपर्पस फाइनान्स लगायत ६ वटा कम्पनीको मात्र शेयरमूल्य बढेको छ भने नेशनल माइक्रोफाइनान्स, स्वदेशी लघुवित्तको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । शेयरमूल्य घट्नेमा लघुवित्त समूहका अधिकांश कम्पनी रहेका छन्।
प्रतिक्रिया